आगोमा जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० माघ २५, बिहीबार १८:१०

मकवानपुर । आगोमा जलेर गम्भीर घाइते भएकी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको भिमफेदी–६ तारगाँउकी स्थानीय ४५ की पार्वती रम्तेल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते उनको हेटांैडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर पठाएको थियो ।

उनको सोही अस्पतलामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।