जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ निवासी प्रविना प्रसाइले आफ्नो जन्म दिनको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।
प्रसाईले मंगलबार एक कार्यक्रमबीच जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ७, हर्दास्थित माटोकोरी आधारभूत विद्यालयका ५४ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् ।
रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजना तथा प्रसाइको आर्थिक सहयोगमा १५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्ष राजन कटुवालले जानकारी दिए ।
माटोखोरी आधारभूत विद्यालयमा अध्ययन गर्ने २ सय ५७ जना विद्यार्थीमध्ये निक्कै निम्न वर्गीय विद्यार्थीलाई मात्र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको उनको भनाई छ ।
उक्त कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष पोसबहादुर घिमिरे, प्रधानाध्यापक शिव प्रसाद बोलखे,रोट्र्याक्ट क्लब अफ मकवानपुरको निर्वतमान अध्यक्ष प्रदिप राई लगायत क्लबका सदस्यहरुको उपस्थित रहेको थियो ।
