हेटौंडामा घाइते अवस्थामा भेटिएका पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८० माघ २४, बुधबार ०९:२८
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडामा मंगलबार घाइते अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ भैरवीडाँडास्थित डाङडुङे हुँदै पाथिभरा मन्दिर जाने बाटोमा अचेत अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, टाउको, शरिर र हातखुट्टामा चोट लागेर गम्भीर घाइते अवस्थामा भेटिएका हाल नाम, थर, बखत नखुलेका ती पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक पुरुषको शव हेटौंडा अस्पतालमा राखिएको र सनाखत गर्ने कार्यलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ ।