राष्ट्रपतिद्वारा पाण्डेयको राजीनामा स्वीकृत

तु खबर संवाददाता
२०८० माघ २३, मंगलवार १७:४१
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयको राजीनामा स्वीकृत गरेका छन् ।

राष्ट्रपतिले प्रतिनिधिसभाको सचिव पदबाट दिएको पाण्डेयकोे राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाण्डेयले मंगलबार राजीनामा दिएकोमा सोही मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत प्रदान गरिएको हो ।