एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर घर भएका ३५ वर्षीय दिपक राई रहेका छन् ।
मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
