माओवादी संसदीय दलको बैठक आज पनि जारी रहने

तु खबर संवाददाता
२०८० माघ २३, मंगलवार ०८:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि जारी रहने भएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने भएको हो ।

हिजो बसेको बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई निर्देशन दिएका थिए ।

यस्तै, सोमबारको बैठकमा १२ जना सांसदले आफ्नो धारणा राखेको र अन्य सांसद्हरुले आजको बैठकमा धारणा राख्ने कार्यसूची रहेको जनाइएको छ ।