पानीमा डुबेर १० वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०८० माघ २२, सोमबार १६:०९
file-photo

काठमाडौं । राजधानीको चन्द्रागिरी नगरपालिका–१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको रिजर्व पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

रिजर्व पानीमा डुबेर सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, खेल्ने क्रममा डुबेर घाइते भएका उनलाई उद्दार गरी उपचारको लागि नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।