क्यान्सर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

तु खबर संवाददाता
२०८० माघ २२, सोमबार १०:०३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा क्यान्सर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले हेटौंडाका विभिन्न विद्यालय र क्याम्पस पीडितहरुको उपस्थितिमा सिद्धार्थ माविको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक प्रसाद तिवारीको सभाध्यक्षतामा भएको हो ।

सो क्रममा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रमुख सतीश बिष्ट, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार, हेटौंडा उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख सुर्यप्रसाद तिवारी, सिध्दार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. अनुप विसीले विषय वस्तुबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।