संघीय सरकार नछाड्ने जनमतको निर्णय
काठमाडौं । जनमत पार्टीले संघीय सरकार नछाड्ने निर्णय गरेको छ । आइतबार बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो ।
मधेस सरकार छाडेको जनमत पार्टीले संघीय सरकार नछाड्ने निर्णय गरेको हो । संघीय सरकारमा जनमत पार्टीको एक मन्त्री छन् । जसमा अनिता साह रहेकी छन् ।
गत वैशाखमा बारा–२ मा भएको उपचुनावको समयमा खानेपानी मन्त्रीबाट अब्दुल खानले राजीनामा दिएका थिए । चुनाव सकिएपछि जनमत पार्टी पुनः सरकारमा गएको थियो । तर, अब्दुल खानको ठाउँमा अनिता साहलाई पठाइएको थियो ।
