रास्वपाको दबाब अभियान आजबाट

तु खबर संवाददाता
२०८० माघ २१, आईतवार ०८:४२
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब अभियान आजबाट सुरु हुँदैछ । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै रास्वपाले राष्ट्रव्यापी दबाब अभियान संचालन गर्न लागेको हो ।

आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् ।