स्थापना दिवसको अवसरमा ओम बृद्धाश्रमलाई सहयोग
मकवानपुर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको १६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–२ मा रहेको ओम बृद्धाश्रमलाई सहयोग गरिएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मकवानपुरले ओम बृद्धाश्रमलाई नगद १० हजार ५ रुपियाँ सहयोग गरेको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय सदस्य बसन्तराज गौतम, जिल्ला अध्यक्ष बसन्त कुमार सिटौंलाले एक कार्यक्रमबीच ओम बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई उक्त नगद रकम हस्तारन्तण गरेका हुन् ।
सहयोग हस्तान्तरण गर्दै केन्द्रीय सदस्य वसन्तराज गौतमले स्थापना दिवसमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष राजु अर्याल, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ जिल्ला अध्यक्ष जयराम रायमाझी लगायतको सहभागिता रहेको थियो ।
