करेन्ट लागेर युवकको मृत्यु
तनहुँ । तनहुँमा शनिबार बिहान करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नम्वर ६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमाल रहेका छन् ।
प्रहरीका अनुसार, तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने २५ वर्षीय सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए । माछा मार्ने क्रममा करेन्ट गरेर घाइते भएका कुमाललाई तत्काल उपचारको लागि जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेचलौतारा तनहुँ लगिएको थियो ।
उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
