दुई संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । आज विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आह्वान गरिएको हो ।
जसअनुसार मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।सो बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०७९–८० को मस्यौदामाथि छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ । बैठकमा जलवायु परिवर्तनले पारेको प्रभाव र नेपाल सरकारको तयारी एवं कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।
