आज रास्वपाको संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो । सो बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसदमा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।
साथै बैठकमा समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी बोलाएका छन् ।
उक्त अधिवेशनमा पार्टी कसरी संसदमा प्रस्तुत हुने भन्नेबारे छलफल गर्न आजै नेपाली कांग्रेस संसदीय दलको बैठक पनि बस्दैछ ।
