बेहोस् अवस्थामा भेटिएका हेटौंडाका युवकको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १५, सोमबार १६:५७
file-photo

मकवानपुर । बेहोस् अवस्थामा भेटिएका मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईडी बस्ने एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय युनेश काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए ।

प्रहरी निरीक्षक साहका अनुसार, दिउँसो साढे १२ बजेको समयमा आफ्नै घरको ट्वाईलेटमा लङट्वाईलेट गर्न भनि भित्र छिरेका थिए । उनी लामो समयसम्म पनि बाहिर ननिस्किएपछि घर परिवारका सदस्यले ढोका फोडी हेर्दा बेहोस् अवस्थामा फेला परेका थिए ।

उनलाई तत्काल उपचारको लागि मकवानपुर सहकारी अस्पताल हेटौंडामा ल्याएकोमा चिकित्सकले १२ः५५ बजेको समयमा मृत घोषणा गरेको प्रहरी निरीक्षक साहले बताए ।

उनका अनुसार, आफन्तसंग बुझ्दा गिजर खुल्लै राखेको भन्ने बुझिएको भएपनि घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।