भीमफेदीमा गुडिरहेको सुमोमा माथिबाट ढुंगा खसेपछि…

तु खबर संवाददाता
२०८० माघ १५, सोमबार १६:४४

मकवानपुर । हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी–८, बगुवामा आज गुडिरहेको सुमोमा माथिबाट ढुंगा खस्दा एक जना यात्रु गम्भीर घाइते भएकी छन् ।

काठमाडौंबाट यात्रु बोकेर सर्लाहीतर्फ चादै गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमा सडक माथिबाट ढुङ्गा खसी सुमोको झ्यालको सिसा फुट्दा सुमोमा सवार हाल नाम, थर नखुलेको अन्दाजी ३० वर्षीया महिला घाइते भएकी मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिए ।

घाइते महिलाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि सोही सुमोमा हेटौंडातर्फ ल्याउँदै गरेको मकवानपुरका प्रहरी निरीक्षक साहले बताए ।