एक विदेशी महिला मृत फेला

तु खबर संवाददाता
२०८० माघ १५, सोमबार १५:०५
सांकेतिक तस्वीर

काठमाडौं । ललितपुरको मंगलबजारस्थित नकिबहालमा एक विदेशी महिला मृत अवस्थामा फेला परेकी छन् ।

जर्मन घर भएकी एक जना महिला मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।

नकिबहाल स्थित होमस्टेमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिएकी हुन् ।

अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

मृतकको सनाखत भैसकेको छैन । उनी करिब १ वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएकी थिइन् ।