यी प्रदेशमा हिमपातको सम्भावना

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार ०८:४३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न चार प्रदेशमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ ।