घरको छतबाट खसेर किशोरीको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १३, शनिबार १५:४६
सांकेतिक तस्वीर

बुटवल । दाङको तुलसीपुरमा घरको छतबाट खसेर किशोरीकोको मृत्यु भएको छ ।

मृ्त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ५ रानी जरुवाकी १८ वर्षीय कमला केसी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरको छतबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।

तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको थियो । उनला्ई उक्त अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।