रास्वपाले माघ २१ गतेबाट दबाव यात्रा सुरु गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही माघ २१ गतेबाट आयोजना केन्द्रित पदयात्रा संचालन गर्ने भएको छ ।
अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा संचालन गर्न लागिएको रास्वपाले जनाएको छ ।
२१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१ को संयोजनसहित पदयात्रा संचालन गर्न लागिएको हो ।
यस्तै, माघ २२ गतेबाट संसद बैठक बस्ने भएकाले २१ गते सुरुवात गरेर क्रमशः गर्दै जाने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
