राष्ट्रियसभा सदस्य निर्वाचनः हेटौंडामा मतदान जारी
मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनको बागमती प्रदेशतर्फको रिक्त ४ सदस्यका लागि हाल मतदान जारी छ ।
हेटौंडाको भुटनदेवी स्कुल परिसरमा निर्वाचन तोकिएकै समयमा विहान ९ बजेबाट मतदान सुरु भएको हो ।
मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुका लागि र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि छुट्टाछुट्टै मतदानस्थलको प्रबन्ध मिलाइएको छ ।
मतदान आज दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान प्रक्रिया सकिएलगत्तै मतगणना गरी आजै बेलुका नतिजा सार्वजनिक गरिने बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।
