भीमफेदी बालगृहलाई खाद्यान्न सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बालगृहलाई खाद्यान्न सहयोग भएको छ ।
बालगृहलाई पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समिति हेटौंडा–२ ले बुधबार एक कार्यक्रमबीच खाद्यान्न सहयोग गरेको हो ।
उपभोक्ता समितिले समितिमा रहेको बचतबाट आएको व्याज रकमबाट बालगृहलाई खाद्यान्न सहयोग गरेको समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडाले जानकारी दिए ।
उनका अनुसार, बालगृहमा चामल, दाल, चिउरा, तेल, चना, चिनी, गेडागुडी, अण्डा, नुन, चियापत्तीलगायतका खाद्यान्न सहयोग गरिएको हो ।
उपभोक्ता समितिले नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरेको थियो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष राजु श्रेष्ठ, सचिव शैलेश मानन्धर, कोषाध्यक्ष अजय मानन्धर, सदस्य श्रीमति कृष्णकला पुडासैनी, सङ्गठनका जीवन तिमिल्सनालगायतको सहभागिता रहेको थियो ।
भीमफेदी बालगृहमा हाल १४ जना बालक रहेका छन् ।
