हेटौंडाकी तामाङ मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा आज एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ गुरुङ चोकस्थित स्थानीय ४० वर्षीया चिनीमाया तामाङ (गुरुङ) मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चिनीमाया आफ्नै घर भित्र रहेको शौचालयमा फलामको डण्डिमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ ।
