मकवानपुरमा एक महिला मृत फेला

तु खबर संवाददाता
२०८० माघ १०, बुधबार १०:०७
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको थाहा नगरपालिका वडा नम्वर ५ फुर्केमा मंगलबार अपराह्नमा एक महिला मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मृत फेला पर्नेमा स्थानीय अन्दाजी ६० वर्षीया ठुलीमाया रुम्बा रहेकी छन् । रुम्बा आफ्नै घरमा सुति रहेको ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक रुम्बाको शव पोस्टमार्टमको लागि टिचिङ अस्पतालमा राखिएको र घटनाको बारेमा इलाका प्रहरी कार्यालय पालुङले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।