हेटौंडाको सिद्धार्थ माबिको ४८ औं वार्षिकोत्सव सम्पन्न

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार ०९:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२, स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।

कार्यक्रम बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी लामाको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको हो ।

सो क्रममा सिद्धार्थ माविकी शिक्षक संगीता कुमारी पुडासैनी सम्मानित भएकी थिइन् । पुडासैनीले गोकुल–बागेश्वरी सम्मान प्राप्त गरेकी हुन् । उनी नगद २५ हजार रुपैयाँसहित सम्मानित भएकी हुन् ।

यस्तै, कार्यक्रममा शिक्षिका कविता न्यौपानेसहित विद्यालयकी कर्मचारी शोभा श्रेष्ठलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

यसैगरी, उत्कृष्ट शिक्षकमा अम्बिका प्याकुरेल नगद ५ हजारसहित प्रशंसापत्र पत्रले सम्मानित गरिएको थियो भने कार्यक्रममा २०७९ सालको एसईई परीक्षा र आधारभूत तहमा ए प्लस अङ्क प्राप्त भएका विषयका विषय शिक्षकहरू समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै कार्यक्रममा विद्यालयले त्रैमासिक रुपमा प्रकाशन गरेको सिद्धार्थ बालबाटिकाको विमोचन गरिएको थियो भने विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, दुना टपरी प्रदर्शनी र खाना महोत्सवको आयोजना गरिएको थियो ।