यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार ०८:२७
file-photo

काठडमौं । मौसम पूर्वानुमान महाशाखाले आजको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थामा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्नेछ ।

हिमपात, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।