राष्ट्रिय सभा निर्वाचन लक्षित प्रचारप्रसारमा रोक
काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत आजदेखि प्रचारप्रसारमा रोक लगाइएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजे रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि प्रचारप्रसारमा रोक लगाइएको हो ।
निषेधाज्ञामा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्दछ ।
साथै अन्य व्यक्ति, संस्था वा निकायले भने निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठीलगायतका कार्यक्रमको आयोजना गर्न पाइने छैन ।
राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० सदस्य पद रिक्त हुँदैछन् । तीमध्ये १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
