यस वर्षको एसईई परीक्षा चैत्र १५ गतेदेखि हुने

तु खबर संवाददाता
२०८० माघ ८, सोमबार १५:१०

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आगात्री चैत्र १५ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको कार्यतालिका सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो ।

सार्वजनिक तालिका अनुसार, एसईई परीक्षा चैत्र १५ गते सुरु भई चैत्र २७ गते सम्पन्न हुनेछ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।

यस्तै, दोस्रो दिन चैत्र १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने बोडले जनाएको छ ।

यस वर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षामा सहभागी हुनका लागि आवदेन दर्ता गराएका छन् ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab