सालकको खपेटासहित २ जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ ५, शुक्रबार १५:२८
सांकेतिक तस्बिर

कैलाली । कैलालीको बर्दगोरीया गाउँपालिका–६ स्थित सडकबाट प्रहरीले अवैध सालकको खपेटासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ११ किलो १ सय ग्रामसहित बिहीबार दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् ।

उनीहरुलाई नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट सो परिमाणको सालकको खपेटा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाएको प्रहरीले जनाएको छ ।