मनहरीमा माघ १६ गतेदेखि महोत्सव हुने

तु खबर संवाददाता
२०८० माघ ५, शुक्रबार ०९:३४

मकवानपुर । मकवानपुरको मनहरी यही माघ १६ गतेदेखि महोत्सव हुने भएको छ । उक्त महोत्सव मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले आयोजना गर्न लागिएको हो ।

उक्त समितिले पाँचौं पटक मनहरी महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव मनहरी पुल नजिकैको खोला किनारमा हुनेछ ।

माघ २८ गतेसम्म संचालन हुने महोत्सवमा मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा उत्पादित स्थानीय उत्पादनको बिक्री तथा प्रवद्र्धनलाई प्राथमिकता दिइने आयाजकले जनाएको छ

।आयोजक समितिका सभापति गणेशमान मानन्धरका अनुसार, स्थानीय स्थानमा उत्पादन हुने मास, गहत, भटमाससहितका कृषि र पशुजन्य उत्पादनको प्रवद्र्धन गर्न मेला केन्द्रित रहनेछन् ।

उनले महोत्सवमा १५० वटा स्टल रहने र तीमध्ये स्थानीय कृषि, पर्यटन, पशुपंक्षी लगायतको प्रवद्र्धनका लागि २० वटा स्टल मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाको सिफारिसमा निःशुल्क व्यवस्था गरिएको छ ।

महोत्सवमा हात्ती सफारीमार्फत वन्यजन्तुको अवलोकनको व्यवस्था पनि गरिएको जनाइएको छ ।