हेटौंडाका एक पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० माघ ५, शुक्रबार ०८:५७
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडी बस्ने अन्दाजी ४२ वर्षीय गणेश बहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मगर बिहीबार बिहान साढे ११ बजेको समयमा आफ्नै घरदेखि ३०० मिटर उत्तर रहेको सिमलथलि जंगलमा चिलाउनेको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन् ।