बक्सिङ खेलाडी गोसाईं मृत फेला
काठमाडौं । बक्सिङ खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी उनी मृत अवस्थामा फेला परेकी हुन् ।
मृतक गोसाईं भक्तपुर नगरपालिका–८ निवासी हुन् । उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।मृतक गो
साईंको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
