महिलाका लागि १५ दिने सवारी प्रशिक्षण सुरु
मकवानपुर । महिलाहरुको आर्यआर्जनमा टेवा पु¥याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाले १५ दिने सवारी प्रशिक्षण सुरु गरेको छ ।
आर्यआर्जनका लागि महिला लक्षित कार्यक्रम अन्तरगत उपमहानगरले हेटौंडा–११, स्थित पोयोनिर मल्टिपर्पस ड्रईभिङ सेन्टरमा ४ चक्के सवारी साधनको प्रशिक्षण सञ्चालन गरेको हो ।
प्रशिक्षणमा उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुबाट महिलाहरुले सहभागिता जनाएका छन् ।
प्रशिक्षणको हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । सो क्रममा बोल्दै उनले सिपलाई प्रयोग गरेर अघि बढ्दै आर्यआर्जनमा जोडिन आग्रह गरिन् ।
उनले तालिम लिनका लागि भनेर घरबाट निस्कनु नै भोलीको भविष्यको सुरुवात भएको बताइन् । उनले जुट आटले तालिममा आएको हो, त्यो लक्ष्य पुरा गरेर अघि बढ्न जोड दिइन् ।
तालिम लिएपछि सवारी चालक अनुमती पत्र लिएर काम सुरु गर्दै महिला उद्यमीको रुपमा आफुलाई अघि बढाउन आग्रह गरिन् ।
हेटौंडा–११ का अध्यक्ष जुना दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाको आतिथ्यता रहेको थियो ।
