बागमती खोलामा पुरुषको शव फेला

तु खबर संवाददाता
२०८० पुष २३, सोमबार १४:२४
सांकेतिक तस्वीर

मकवानपुर । जिल्लाको बागमती गाउँपालिका स्थित बागमती खोलामा एक जनाको शव फेला परेको छ । बागमती गाउँपालिका वडा नम्वर–४ झुरझुरे निवासी ३५ वर्षीय गोपाल थिङ्को शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

थिङ हिजो दिउँसो खोलमा माछा मार्न भनेर घरबाट हिँडेको र घर नफर्किएपछि आफन्तहरुले खोजी गर्ने क्रममा आज बिहान खोलामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।