मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० पुष १७, मंगलवार १७:३०
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय कृष्ण बहादुर थापा मगर रहेका छन् ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर–१२ घरेटीडाँडा निवासी बस्ने ५५ वर्षीय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले पुष्टि गरे । मगर २ दिनदेखि हराइ रहेका थिए ।

उनको खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको र शवको मुचुल्का तयार गरी पोष्टमार्टमका हेटौंडा अस्पताल ल्याइएको जनाइएको छ। हराउनुको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

.