मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

काठमाडौँ । हेटौंडामा बसेको बैठकको निर्णय अनुसार आज सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुलेसंघीयता कार्यान्वयन गराउन आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो ।
गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरको हेटौंडा बैठक सकिएको थियो ।
उनीहरुले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका थिए ।