हात्तीको आक्रमणबाट पुरुषको मृत्यु
विराटनगर । हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा आज बिहान एक पुरुषको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–१० भाउन्नेमा हात्तीले आक्रमण गर्दा लेटाङ–३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले माझीलाई आक्रमण गरेको थियो ।
माझीको शव पोस्मार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरतर्फ पठाएइको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
