हेटौंडामा पुरुषको शव भेटियो
मकवानपुर । मकवानपुरको हेटौंडामा एक पुरुषको शव भेटिएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र शनिबार एक पुरुष मृत भेटिएको हो ।
हाल नाम, थर, बखत नखुलेको अन्दाजी ५४ वर्षीय पुरुषको शव भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाले जनाएको छ ।
प्रहरीका अनुसार, बजार एरियामा प्लाष्टिक बटुल्दै हिड्ने उनी मृत भेटिएका हुन् । मृतक उनको शव घटनास्थलबाट शव हैटौंडा अस्पातलमा लगिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
