एचआईभी संक्रमित परिवारलाई न्यानो कपडा वितरण

तु खबर संवाददाता
२०८० मंसिर १६, शनिबार ०९:२३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ३६ औं विश्व एड्स दिवसको अवसरमा एचआईभी संक्रमित परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

मकवानपुर महिला समूह र मकवानपुर पोजेटिभ समुहको कार्यालयमा आयोजित एक कार्यक्रमबीच नगरपालिकाले एचआईभी संक्रमित २५ परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको हो ।

साथै सो क्रममा नगरपालिकाले संक्रमित विपन्न २२ परिवारलाई खाद्यन्न तथा पोषण सामग्री पनि सहयोग गरेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

उपमहानगरपालिकाले विगतका वर्षहरुमा पनि एचआईभी संक्रमित र प्रभावित बालबालिकालाई नियमित शैक्षिक तथा पोषण सहयोग, जनचेतनामुलक कार्यक्रम, न्यानो कपडा वितरण लगायतका विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।