मकवानपुर प्रहरीद्वारा नागरिक सुनुवाई कार्यक्रम
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको सभाध्यक्षतामा भएको हो ।
हेटौंडा–४ पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारीले वडा प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरेको कार्य विवरण प्रस्तुत गरेका थिए ।
सो क्रममा मकवानपुरका प्रहरी प्रमुख एसपी रिजालले नागरिकबाट आएको प्रश्नको जवाफ दिँदै जिल्लाको सुरक्षा कायम गर्न कुनै कसुर नराख्ने कुरा व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, संचारकर्मी, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो ।
