सव डिभिजन वन कार्यालयको आयोजना त्रैमासिक समन्वयात्मक बैठक
मकवानपुर । सव डिभिजन वन कार्यालय, हेटौंडाको आयोजनामा बिहीबार त्रैमासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
सामुदायिक वन समूहले गर्ने विभिन्न कार्यहरुको बारेमा जानकारी दिने उद्देश्यका साथ उक्त बैठकको आयोजना गरिएको हो ।
सव डिभिजन वन कार्यालय, हेटौंडाका प्रमुख रामचन्द्र श्रेष्ठले सहजीकरण गरेको सो बैठकमा काठ, दाउरा संकलन, साधारणसभा, वन संरक्षण, सम्वर्धन, थिनिङ, चोरी निकासी नियन्त्रण, योजना तर्जुमा गोष्ठी, विधान कार्ययोजना नविकरण लगायतका विषयहरुमा छलफल भएको थियो ।
बैठकबाट सामुदायिक वन समूहले मंसिर मसान्त सम्ममा साधारणसभा गरिसक्ने, समयमै वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने, रानी, पिप्लेपोखरा,रातोमाटे, शिखरपानी लगायतका सामुदायिक वनमा थिनिङ कार्य गर्ने, चुरे क्षेत्रमा अत्यधिका मात्रमा गिटी, बालुवा, वनपैदावार लगायतका क्रियाकलाप बढ्दै गैरहेको हुँदा नियन्त्रणका लागि समिति गठन गर्ने, योजना तर्जुमा गोष्ठी पुस ६ गते गर्ने लगायतका निर्णयहरु गरिएको छ ।
