हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०८० मंसिर १४, बिहीबार १६:२४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिले हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

समितिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संचालन गरेको साताव्यापी कार्यक्रमअन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सो क्रममा १९ जनाले रक्तदान गरेका थिए । समितिले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यसअघि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

सोमबारबाट सुरु भएको साताव्यापी कार्यक्रम अन्तरगत भोलि मंसिर १५ गते युएनसीआरपीडी र एसडीजीको अन्तर सम्बन्ध विषयमा अभिमुखीकरण, मंसिर १६ गते दीप प्रज्वलन र डिसेम्बर ३ अर्थात मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन र्यालीसहित कोणसभा र पुरस्कार वितरण कार्यक्रम राखिएको छ ।

यस्तै, सोही बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।