रास्वपाको संयुक्त बैठक आज पनि जारी रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि जारी रहने भएके छ ।
मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि जारी हुने भएको हो ।
उक्त बैठक बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुनेछ ।
बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको रास्वपा उपसभापति डीपी अर्याले जानकारी दिए ।
साथै बैठकमा पार्टी नीति, विचारबारे विमर्श हुनेछ ।
