मंगलबार नेप्सेमा गिरावट, १ अर्ब २८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि सेयर बजार गिरावट आएको छ ।
अघिल्लो दिन ११.२७ अंकले घटेको बजारमा आज थप २.१७ अंकले घट्दै नेप्से सूचक १८ सय ९४.५३ अंकमा झरेर रोकिएको जनाएइएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत शेयरहरुको कारोबार हुँदा १ अर्ब २८ करोड २ लाख रुपैयाँमा मात्रै कारोबार भएको छ ।
अघिल्लो दिन ११.२७ अंकले नेप्से घटेको बजारमा १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
