सोमबार सुनचाँदीको भाउ बढ्यो

तु खबर संवाददाता
२०८० मंसिर ११, सोमबार १५:५१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोलामा १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार थियो ।

यस्तै, आज चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँ थियो ।