मकवानपुरमा गाँजा फडानी गर्न प्रहरी परिचालन

तु खबर संवाददाता
२०८० मंसिर ११, सोमबार ०९:१८
फाइल फोटो ।

मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध गाँजा खेती फँडानी गर्न प्रहरी टोली परिचालन गरिएको छ ।

जिल्लाको विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती फँडानी गर्न आइतबारबाट प्रहरी टोली परिचालन गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा गरी १ सय जना प्रहरी टोली परिचान गरिएको हो ।

जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ७ जुरेथुङमा २ ड्रोनसहित र कैलाश गाउँपालिका वडा नम्वर डाँडाखर्क प्रहरी टोली परिचालन गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।