कन्सोर्टियम नेपालको अध्यक्षमा महर्जन निर्वाचित

तु खबर संवाददाता
२०८० मंसिर ११, सोमबार ०८:३७

मकवानपुर । बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा संजाल (कन्सोर्टियम नेपाल) को अध्यक्षमा सन्तोष महर्जन निर्वाचित भएका छन् ।

कन्सोर्टियम नेपालको २४ औं साधारण सभा तथा १० औं अधिवेशनबाट महर्जन अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, कन्सोर्टियम नेपालको उपाध्यक्षमा प्रदीप लामिछाने, महासचिवमा अनिता पाण्डे, सचिवमा निरिजना भट्ट र कोषाध्यक्षमा प्रकाश वसी निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः स्वस्तिका पोखरेल, अशोक विक्रम जैरू, गंगा गुरुङ, अर्जुन थापा, दिपक शर्मा, दुर्गा पौडेल, संजय कुशुवाहा र रूद्र थेवेका रहेका छन् ।

साथै सीआरपीजी संयोजक सरोज आचार्य तथा सह–संयोजक हरिश्चन्द्र घिमिरे निर्वाचित भएका छन् ।