आजबाट बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

तु खबर संवाददाता
२०८० मंसिर १०, आईतवार १६:०२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजबाट बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ ।

उक्त गोष्ठि प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको हो ।

गोष्ठीमा प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता रहेको छ ।

गोष्ठीमा साइबर अपराधको विद्यमान अवस्था, अनुसन्धानका चुनौती तथा बागमती प्रदेशमा अपराधको प्रवृति र अपराधमा प्रविधिको प्रयोगलगायत विषयमा छलफल हुने जनाइएको छ ।