आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १५ हजार ७५० रुपैयामा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
