हेटौंडामा सामूहिक सौदावाजी तालिम सम्पन्न

तु खबर संवाददाता
२०८० मंसिर १०, आईतवार ०९:४०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सामूहिक सौदावाजी तालिम सम्पन्न भएको छ ।

उक्त तालिम वाणिज्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको संगठनको रुपमा रहेको यूनिकम नेपाल मकवानपुरको आयोजनामा भएको हो ।

तालिम नेपाल वितरक महासंघका केन्द्रिय उपाध्यक्ष विजयकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवम् युनिकम नेपालका मकवानपुर अध्यक्ष लेखनाथ गैरेको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

तालिममा मकवानपुरमा विभिन्न व्यापार क्षेत्रमा कार्यरत ५० जना कर्मचारीहरुले सहभागिता जनाएको थियो ।

श्रम तथा रोजगार कार्यालय मकवानपुरका प्रमुख छन्द नारायण श्रेष्ठ, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र बहादुर पौडेल, महासचिव एल.एन दाहाल, बोम बहादुर डिसी लगायतले वाणिज्य क्षेत्रका व्यवसायमा कसरी बार्गेनिङ गर्ने र आफ्नो वस्तु कसरी बढी बिक्री गर्न सकिने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।